भागरथी प्रकरण

भागरथी प्रकरणमा 'आइ विटनेस'को खोजी गर्दै प्रहरी : त्यो के क्लु थियो जसले अनुसन्धानमा ‘कन्फिडेन्स’ बढायो?

पहिलोपोष्ट

काठमाडाै‌ं

काठमाडौं : घटनास्थल नजिकै प्रहरीले एउटा मोबाइल फेला पार्‍यो, कभर निस्किएको थियो। केही पर त्यसको ब्याट्री। मोबाइल अरू कसैको थिएन, थियो त बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको।

माघ २२ गते नजिकैको लवलेक सामुदायिक वनमा उनको शव फेला परेको थियो। पोस्टमार्टम रिपोर्टलाई आधार मान्दै प्रहरीले भागरथीको बलात्कार अनि हत्या भएको भन्दै अनुसन्धान त्यसतर्फ गर्दैछ। तर, हत्यापछि बलात्कार कि बलात्कारपछि हत्या भन्ने चाहिँ अझै खुलिसकेको छैन।

घटनास्थलबाट बरामद गरेको मोबाइलले महत्वपूर्ण ‘क्लु’ तिर प्रहरीको अनुसन्धानलाई डोहोर्‍याएको छ। यसले केही हदसम्म भए पनि अनुसन्धानको दायरा साँघुर्‍याएको छ। मोबाइलमा आएका कल, फेसबुक, भाइबरलगायत सामाजिक सञ्जालबाट भएका कुराकानीलाई प्रहरीको अनुसन्धान टोलीले 'ट्र्याक' गरिरहेको छ।

कक्षा १२ मा अध्यायरत उनी करिब २ बजेतिर विद्यालयबाट घर जान भनेर निस्किएको खुलिसकेको छ। विद्यालयबाट नजिकै रहेको बजारमा केही साथीहरूसँगै उनी पनि आइन्। त्यसपछि उनी एक्लै घरतिर लागेको देखिन्छ। उनको घर पुग्न वन छिचोल्न पर्छ। बजारबाट घरतिर लागे पनि उनी त्यस दिन घर भने पुगिनन्। परिवारले प्रहरीको मद्दत लिएर उनको खोजी भने थालिहाल्यो। भोलिपल्ट करिब ५ बजेतिर बाटोमै पर्ने वनमा नै उनको शव भेटियो।

प्रकाशित मिति: : 2021-02-16 08:53:00

प्रतिकृया दिनुहोस्