‘मैने प्यार किया’ रिलिज भएको ३१ वर्ष पुरा

मुख्य अभिनेताको रूपमा फिल्म खेल्न थालेका सलमान खानको पहिलो फिल्म ‘मैने प्यार किया’ रिलिज भएको ३१ वर्ष पुरा भएको छ। 

निर्देशक सुरज बड्जाल्याको यस फिल्मले सलमान र भाग्यश्रीलाई सफलताको उचाईमा पुर्‍याएको थियो। 

सलमानले यो फिल्मको विषयमा एउटा रमाइलो कुरा साझा गरेका छन्। केही वर्षअघि दिएको अन्तर्वार्तामा उनले भनेका थिए, ‘त्यतिबेला म निकै दुब्लो थिए। लुखुरे भएको कारण थुप्रै समस्या हुन्थ्यो। आफ्नो तौल बढाउन त्यतिबेला म जे भेट्यो त्यही खान्थे।’ ‘मैने प्यार किया’ को सेटमा उनी ३० रोटी एक्लै खान्थे। केरा पनि उही रफ्तारमा। 

अहिले आफू हेल्थको विषयमा निकै चनाखो भएको र खाना सुघेरै अघाउने बताउँछन्। भाग्यश्री रुढिवादी परिवारबाट आएका कारण उनले फिल्ममा रहेको चुम्बनको सिन गर्न अस्वीकार गरेकी थिइन्। 

भाग्यश्रीको बुवाले यो फिल्ममा उनलाई चुडिदार लुगा लगाउन मात्र स्विकृति दिएका थिए। फिल्ममा उनले पहिलो पल्ट जिन्स र वान पिस लुगा लगाएकी थिइन। २०१५ मा दिएको अन्तर्वार्तामा सलमानले भनेका थिए, ‘भाग्यश्रीले अस्विकार गरेका कारण निर्देशक सुरजले चुम्बनको सिनमा दुई जनाको बीचमा सिसा राख्ने प्रस्ताव राखेका थिए।’

फिल्मको सुटिङको बेला भाग्यश्रीले परिवारको विरोधका बाबजुद हिमालय दासानीसँग बिहे गरेकी थिइन्। भाग्यश्रीको बिहेमा सलमान र निर्देशक सुरज उपस्थित थिए। फिल्ममा अभिनय गराउन निर्देशक थुप्रै पल्ट भाग्यश्रीलाई मनाउन घर पुगेका थिए। 

 यो फिल्मको कूल बजेट २ करोडको थियो। तर यसले २८ करोड कमाई गर्‍यो। सलमानले फिल्मको लागि पारिश्रमिक बापत ३१ हजार रुपैयाँ लिएका थिए। 
यो फिल्मको सबै गीत लता मंगेशकरले एकै दिनमा रेकर्ड गरेकी थिइन्।

 किनभने उनलाई दोस्रो दिन कन्सर्टका लागि विदेश जानुपर्ने थियो। सुरज बड्जाल्यालाई फिल्मको स्क्रिनप्ले लेख्न १० महिना लागेको थियो। 

फिल्मको आधा कहानी लेख्न ६ महिनाको समय लागेको थियो। दोस्रो हाफको कथा ४ महिनामा सम्पन्न भएको थियो। 

मराठी फिल्मका ठूला हस्ती लक्ष्मीकान्त बेर्डेले हिन्दी फिल्ममा यहीबाट डेब्यु गरेका थिए।

प्रकाशित मिति: : 2020-12-30 17:56:00

प्रतिकृया दिनुहोस्