‘राधेः योर मोस्ट वान्टेड भाई’को कपिराइट एक सय पचास करोडमा बिक्री

सलमान खानले आफ्नो नयाँ सिनेमा ‘राधेः योर मोस्ट वान्टेड भाई’को सेटेलाइट, डिजिटल, थिएटर सङ्गीतको अधिकार एक सय पचास करोडमा बिक्री भएको छ। 

यसरी नायक खानको यो सिनेमा प्रदर्शन भन्दा अगाडी नै सुपर हिट भएको छ। यसैबीच सिनेमा हल वनर्स एसोसिएसनले खानलाई पत्र लेख्दै यो सिनेमा सन् २०२१ को इदमा मात्र रिलिज गर्न अनुरोध गरेका छन्।

पत्रमा भनिएको छ,‘कृपया कोरोना महामारीको बीच सङ्घर्षको समय सिनेमा हलहरुलाई मद्दत गर्नुहोला।’ 

खानको नयाँ सिनेमामा उनको साथ दिशा पाटनी, जैकी श्राफ र रणदीप हुड्डाले पनि अभिनय गरेका छन्। सिनेमाको निर्देशन प्रभु देबाले गरेका हुन् भने सङ्गीत हिमेस रेसमियाको छ। 

२७ डिसेम्बर १९६५ मा इन्दौर, भारतमा जन्मेका नायक खान हिन्दी सिनेमाका सुपर स्टारका साथै कथा, पटकथा र सम्बाद लेखक सलिम खानका छोरा हुन्।

प्रकाशित मिति: : 2021-01-03 15:56:00

प्रतिकृया दिनुहोस्