गर्भवती तथा सुत्केरी महिलाका लागि

‘मेरो पोषण साथी’ मोबाइल एप र डिजिटल पुस्तकालयको शुभारम्भ

स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले ‘मेरो साथी मोबाइल एप’को  शुभारम्भ गरेका छन्।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले अमेरिकी विकास नियोग (युएसएआइडी) र सुआहाराको सहकार्यमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले ‘मेरो पोषण साथी’ मोबाइल एप र डिजिटल पुस्तकालय तथा स्रोत केन्द्रको शुभारम्भ गरेका हुन्। 

उक्त मोबाइल एपले गर्भवती तथा सुत्केरी महिला, २ वर्ष मुनिका बालबालिकाका आमाबाबु वा स्याहारकर्ताहरूलाई स्याहार, खानपान र स्वास्थ्य सेवाको उपभोग सम्बन्धी सामयिक र उपयोगी जानकारी प्रदान गर्दछ।

उनले डिजिटल हेल्थलाई अगाडि बढाउने सन्दर्भमा यो एपको धेरै महत्त्व रहेको बताउँदै यसलाई सातै प्रदेशमा समेत अभियान के रूपमा लगिनुपर्ने बताए।

उनले सरकार र दातृ निकायले गरिरहेको लगानी वास्तविक उपभोक्तासम्म पुगिरहेको छ कि छैन भन्ने कुरामा समेत ध्यान दिन सरोकारवाला निकायलाई निर्देशन दिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईले स्वास्थ्य सबै नागरिकको मौलिक हक भएको र यो एपले समग्र स्वास्थ्य अवस्थामै बहुआयामिक प्रभाव पार्ने बताइन्।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा.संगिता मिश्रले सबै नागरिकलाई एक्लाएक्लै परामर्श दिन सम्भव नभएको अवस्थामा यो एपले निरन्तर परामर्श र आवश्यक जानकारी प्रदान गर्न सजिलो बनाएको धारणा राखिन्।

कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री बस्नेतले  भने, ‘स्वास्थ्यका विषयहरु सम्बोधन गर्न जरुरी छ र त्यसको लागि यो मोबाइल एप एउटा प्रयास मात्र हो। बच्चालाई आमाको दूध चाहिन्छ, किनकी त्यसमा पौष्टिक तत्व हुन्छ। तर आमाको दूध राम्रोसँग आउनको लागि आमाले पनि पौष्टिक खानेकुरा खानुपर्ने हुन्छ। यो एपले त्यसप्रति चेतना जगाएर सहयोग गर्नेछ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईंले स्वास्थ्य सबै नागरिकको मौलिक हक भएको र यो एपले समग्र स्वास्थ्य अवस्थामा नै बहुआयामिक प्रभाव पार्ने बताइन्।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। दिपेन्द्ररमण सिंहले यो एपले अन्य स्वास्थ्य सेवाहरू गर्भवस्था हेरचाह, बालबालिका र आमाको खानपान, परिवार योजना तथा वृद्धि अनुगमन जस्ता विषयमा निर्णय लिन सघाउने विश्वास छ। 

प्रकाशित मिति: : 2023-08-27 20:50:00

प्रतिकृया दिनुहोस्