नागढुंगाबाट डेढ करोड रुपैयाँसहित भारतीय नागरिक पक्राउ

बिएल संवाददाता

काठमाडाै‌ं
Breaknlinks
Breaknlinks

नागढुंगाबाट प्रहरीले स्रोत नखुलेको डेढ करोड रुपैयाँसहित भारतीय नागरिक पक्राउ गरेकाे छ।

सवारी जाँच गर्ने क्रममा महानगरी प्रहरी प्रभाग नागढुंगाले सोमबार बिहान दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा अमित कुमार गुप्ता नाम गरेका भारतीय नागरिक र गाडीका चालक रहेका छन्।

प्रहरीका अनुसार कपिलवस्तुमा आइरहेको गाडी जाँच गर्दा १ करोड ४७ लाख रुपैयाँ बरामद भएको थियो।

प्रहरीले आज दिउँसो पत्रकार सम्मेलन गरेर थप जानकारी दिने बताएको छ 

प्रकाशित मिति: : 2021-01-04 11:20:00

प्रतिकृया दिनुहोस्