दिवंगत अभिनेता इरफान खानको अन्तिम फिल्म रिलिज गरिदैं

दिवंगत बलिउड अभिनेता इरफान खानको अन्तिम फिल्म रिलिज हुने भएको छ। 'द सॉन्ग ऑफ स्कॉर्पियन्स' सन् २०२१ मा रिलिज हुन लागेकाे हाे। 

बलिउडका ट्रेड एनालिस्ट तरण आदर्शले फिल्म रिलिज हुने जानकारी दिएका हुन्। उनको अन्तिम फिल्मको पोस्टर रिलिज भएको छ। 

उनले फिल्मको पोस्टर सेयर गर्दै लेखेका छन्, 'इरफान खानको अन्तिम फिल्म। यो फिल्म अनुपम सिंहको निर्देशनमा बनेको हो। प्यानोरमा स्पोटलाइट र ७०एमएम टोकिजद्वारा प्रस्तुत।'

फिल्म आदिवासी महिला नुरनमा आधारित छ। उक्त महिला बिच्छीको विष निकाल्ने काम गर्छिन्। 

 इरफानको फिल्ममा भूमिका उनै नुरनको मायामा मोहित हुने व्यक्तिको रुपमा रहेको छ। 
 

प्रकाशित मिति: : 2021-01-04 12:15:00

प्रतिकृया दिनुहोस्