सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
बिएल संवाददाता
पूर्व गृहमन्त्री रामबहादुर थापा (बादल)का सुरक्षा सल्लाहकार इन्द्रजित राई मंगलबार बिहान पक्राउ परे। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गरेको आरोपमा राईलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको हो।
माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका थापा गृहमन्त्री हुँदा राई सुरक्षा सल्लाहकार थिए। सोही समयमा शक्तिको दुरुपयोग गर्दै उनले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने अनधिकृत कार्य गरे।
सरकारले तेस्रो मुलुक जान छुटेका भुटानी शरणार्थीको पहिचानका लागि २०७६ वैशाखमा पूर्व सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। उक्त कार्यदलले भुटानबाट नेपाल आएका र तेस्रो मुलुक जान छुटेकाहरुको पहिचान गर्ने जिम्मा पाएको थियो।
कार्यदलले तयार पार्ने प्रतिवेदनको अनुसूचिमा नाम थपेर अमेरिका पठाइदिने भन्दै राईसहितको गिरोहले झापा, मोरङ, सुनसरी, कास्की, बाग्लुङ, दाङलगायतका जिल्लाका मानिसहरुबाट ठुलो रकम असुली गरेको पाइएको अनुसन्धान अधिकृतहरु बताउँछन्।
तर, कार्यदलले हालसम्म प्रतिवेदन सार्वजनिक गरेकाे छैन। राईले भने विभिन्न व्यक्तिलाई भुटानी शरणार्थी बनाएर अमेरिका लगिदिने भन्दै लाखौं असुली गरेको पाइएको छ। पैसा उठाउनमा राईको प्रत्यक्ष संलग्नता नदेखिए पनि अमेरिका पठाउने भन्दै विभिन्न व्यक्तिहरुबाट पैसा उठाउने गिरोहबाट आर्थिक लाभ लिएको पाइएको प्रहरी स्रोतको दाबी छ।
अनुसन्धानमा संलग्न एक प्रहरीकाअनुसार राईले पटक–पटक गरी पाँच करोड बढी रकम गिरोहबाट लिएको खुलेको छ। ‘गृहमन्त्रीलाई समेत बुझाउनुपर्छ भन्दै राईले पटक–पटक पैसा लिएको पाइएको छ,’ ती प्रहरीले भने, ‘यतिनै भन्ने त अनुसन्धान हुँदैछ तर पाँच करोड बढी लिएको भन्ने छ।’
गिरोहमा संलग्न भएको आरोपमा चैतको विभिन्न मितिमा दाङका सन्देश शर्मा, मोरङका केशव दुलाल, सागर राई, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङ पक्राउ परिसकेका छन्।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया