कंगनाको ट्विटरमा एक वर्षमा ३० लाख फलोअर्स

बलिउड अभिनेत्री कंगना रनौटको ट्विटरमा ३० लाख फलोअर्स पुरा भएका छन्। बलिउडको विवादास्पद अभिनेत्रीको छवी बनाएकी कंगना सोसल मिडियामा निकै एक्टिभ मानिन्छिन्। 

अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि बलिउड सेलिब्रिटीप्रति आक्रामक रूपमा प्रस्तुत भएकी कंगनाको यो वर्ष मात्र फ्यान फलोअर बढेको थियो। 

कंगनाले यस अवसरमा ट्वीट गरेकी छिन्, ‘सबैका लागि धन्यबाद। मैले गत अगस्टमा मात्र ट्वीटर ज्वाइन गरेकी थिए। यतिबेला मेरो टिममा हजार फलोअर्स मात्र थिए। मैले कल्पना पनि गरेकी थिइन, यति छिटो ३ मिलियनसम्म तथ्यांक पुग्छ भनेर।’

प्रकाशित मिति: : 2021-01-07 21:41:00

प्रतिकृया दिनुहोस्