बास सल्कि रहेको छ!

हो यो साँच्चो हो बास सल्कि रहेको छ
हामी यहाँ बसेर
तिम्रो शहरको कुना काप्चामा भएका ति जम्मै बासहरुलाई देखि नै रहेका छु म सल्केको ।

तर आपा 
बास त हाम्रो तराईको पहाडमा पनी सल्किरहेको थियो
जति बेदनाहरू तिम्रो छातीमा रोपीएका थिए
उति नै बेदना, आँसु र सघंर्षका खरानी हरु
हाम्रो छाती मा पनि टासिएको छ
तर तिमीले आपा 
तिम्रो शहरको मात्र बास सल्किएको देख्यो
तिमीले तिम्रो लैंडको आँसु झार्दै गरेको देख्यो

तर वास्तविकता त्यो मात्र थिए न 
वास्तविक मा लामा भीला पनि जिउदै थियो, अनि जिउदै थियो, शहिद बैजन्ती देवी को रातो रगत पनि
तर तिमी ले , तिम्रो आँखा हरुले
केवल तिम्रो शहरको भुगोल मात्र नाप्ने गर्यो

जसले गर्दा हामी आज पनि
आफ्नो अस्तित्वको लड़ाई लडी रहेको छु म 
हो यो साँच्चो हो बास सल्कि रहेको छ
तर बास केवल तिम्रो शहरमा मात्र नभएर सम्पूर्ण भारतमा नै सल्कि रहेको छ।

प्रकाशित मिति: : 2021-01-09 14:14:00

प्रतिकृया दिनुहोस्

    धेरै धेरै धन्यबाद सर 🙏

    • 2 बर्ष अगाडि
    • विशाल के सी