भायानेटमा अनधिकृत पहुँच पुर्‍याउने किशोर पक्राउ

बिएल संवाददाता

काठमाडाै‌ं

भायानेट कम्युनिकेसन प्राइभेट लिमिटेडको विद्युतीय संयन्त्रमा अनधिकृत पहुँच बनाएर सामाजिक सन्जालमा लेख्ने एक किशोरलाई पक्राउ परेका छन्। 

रुपन्देहीको तिलोत्तमा नगरपालिका १ बस्ने करिब १७/१८ वर्षका किशोरलाई सोमबार बुटवलबाट नेपाल प्रहरीको साइबर ब्यूरोले  पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनले ती किशोरले ‘नरपिचास’ नामबाट भायानेटको विद्युतीय संयन्त्रमा पहुँच राखी डाटा ब्रिच गरी ट्वीटर ह्यान्डल लगायत फेसबुक, इन्स्टाग्रामसमेतको माध्यमबाट ‘स्क्रिप्ट’ सार्वजनिक गरेका थिए।

प्रकाशित मिति: : 2021-01-10 17:25:00

प्रतिकृया दिनुहोस्