चन्द्रागिरिमा लेनदेनकाे बिषयमा पुरूषको हत्या, एक जना पक्राउ

बिएल संवाददाता

काठमाडाै‌ं

राजधानीको चन्द्रागिरिमा पुरूषको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त थानकोटले चन्द्रागिरि २ मसिने बस्ने २२ वर्षीय रामकृष्ण तामाङलाई पक्राउ गरिएको हो। 

लेनदेनको विवाद हुँदा रामकृष्णले चन्द्रागिरि ७ घुमाउनेमा टहरा हालेर बस्ने ५२ वर्षीय होम बहादुर सुदारको हत्या गरेको डिएसपी घनश्याम श्रेष्ठले बताए।

‘एक जना पुरूषको हत्या भएको भन्ने सूचना हामीलाई हिजो राति ११ बजे प्राप्त भयो,’ उनले भने,‘सबै नाका सिल गरी उनलाई नियन्त्रणमा लिएका छौं।’

रामकृष्णले होमबहादुरलाई टाउको र शरीरका अन्य भागमा लौरोले हिर्काउँदा मृत्यु भएको आरोपितले स्वीकार गरेको उनले बताए।

‘रामकृष्णले होमबहादुरलाई ७ लाख रुपैयाँ दिएका रहेछन्,‘उनले भने,’ पटक–पटक माग्दा समेत नदिएपछि आक्रोशमा लौरोले हिर्काउँदा होमबहादुरको मृत्यु भएको बयान दिएका छन्।’

घटनाको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2021-01-13 12:28:00

प्रतिकृया दिनुहोस्