थुनामा रहेकालाई छुटाइदिने भन्दै रकम अशुल्ने पक्राउ

बिएल संवाददाता

काठमाडाै‌ं

प्रहरी थुनामा रहेका ब्यत्तिलाई छुटाइदिने भन्दै ९० हजार रकम असुल्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त थानकोटको प्रहरी टोलीले प्रहरी थुनामा रहेकालाई छुटाईनिदे भन्दै रकम असुल्ने मकवानपुर टिष्टुङ पालुङ नगरपालिका वडा नं १२ का ३९ वर्षिय चन्द्र लामा भन्ने बुद्दीबहादुर घलानलाई पक्राउ गरेको छ।

घनाले प्रहरी थुनामा रहेका एक जनालाई छुटाइदिने भन्दै ९० हजार रकम लिएका थिए। 

पक्राउ परेका घनालाई प्रहरी थुनामा राखि आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2021-01-14 13:12:00

प्रतिकृया दिनुहोस्