जम्काभेट

जम्काभेटमा प्रदीप खड्कालाई तीन प्रश्न

नेपाली फिल्म जगतका चक्लेटी अभिनेता प्रदीप खड्का जहाँ पुग्छन्, त्यहाँ सबै जनालाई फिदा बनाउँछन्। याे त उनकाे साैन्दर्यताकाे कुरा भयाे। उनले अभिनय गरेकाे फिल्मले पनि दर्शकलाई गतिलाे प्रभाव पारिरहेकाे हुन्छ। उनी अधिकांश फिल्ममा एउटै खालकाे भूमिकामा देखिए पनि केही महिनाअघि रिलिज भएकाे फिल्म ‘प्रकाश’मा बिल्कुल फरक देखिए। उनले साे फिल्ममा निभाएकाे भूमिकालाई धेरैले रुचाएका थिए। अब भने उक्त भूमिका र फिल्मलाई लिएर के भन्छन् प्रदीप खड्का ?

नेपाल इन्टरनेश्नल फिल्म फेस्टिफलकाे अन्तिम दिन ‘प्रकाश’ फिल्म प्रदर्शनका क्रममा जम्काभेट भएका खड्कालाई बिएल नेपाली सेवाले तीन प्रश्न गरेकाे छ:

प्रदीपजी तपाईंले ‘प्रकाश’ फिल्ममा पहिलेकाे भन्दा केही फरक पात्रको रुपमा अभिनय गर्नुभयो, अब यसलाई निरन्तरता दिनुहुन्छ ?

उम। यस्ताे छ, ‘प्रकाश’ फिल्म मेरो लागि सधैं स्पेशल नै रहन्छ। तर, हाम्रो फिल्म इन्डस्ट्रीलाई अगाडि बढाउन जस्तो फिल्म चाहिन्छ, त्यस्तै खेल्दै जाने हो। एउटा कलाकारको आधारमा अडियन्सले कस्तो रोल रोज्नुहुन्छ भन्नेमा पनि काम गर्नेछु। मैले एउटै टाइपमा मात्रै गर्ने भन्ने मात्रै हुँदैन, फिल्म उद्याेग अडियन्सको डिमाण्ड र मेरो प्लानमा फिट हुने रोलहरु गर्दै जान्छु।

अहिले मार्केटमा कमर्सियल मुभिज्हरु चल्ने ट्रेन्ड छ, भलै ‘प्रकाश’ सफल रह्यो। यो मार्केटको अवस्थालाई चिर्न तपाईंहरुको टिमले के गर्दैछ ?

कमर्सियल्ली सक्सेस र फेलिएर भन्ने कुरा कुनै एकजना व्यक्ति विशेषलाई म्याटर गर्छ होला। तर, एज एन आर्टिस्ट र राइटरलाई त्यति फरक पार्दैन जसो लाग्छ। यो त एउटा आर्टको फर्ममा बनेको फिल्म हो। र, पनि कमर्सियल रुपमा पनि अर्थ राख्छ। किनभने, एउटा प्रोजेक्ट सफल भएपछि अर्को प्रोजेक्ट बनाउन सकिन्छ। तर, प्रकाशजस्तै मुभिहरुलाई चाहिँ कमर्सियल्ली रुपमा मात्रै जोड्नु चाहिँ हुन्न होला।

अन्ततः कमर्सियल रुपमा पनि सफल होस् तर त्यो भन्दा ठुलो कुरा हामीले गरेको कामलाई एप्रिसियट हुने ठुलो कुरा हो।

अन्तमा, तपाईंलाई जुम्ला कस्तो लाग्यो र जुम्लाले के सिकायो ?

जुम्ला हाम्रो नेपाली भाषाको उद्गमस्थल हो। साँच्चैमा एकदम राम्रो छ। मैले जुम्लाबाट सिकेको कुरा: जुम्लालाई हामीले जहिले दुर्गम छ भन्छौँ, अभाव छ भन्छौँ। तर, जुम्ला इन्डिपिडेन्ट रहेछ। न त्यहाँ कोरोनाको लकडाउनले असर गर्‍याे। न बोर्डर बन्द हुँदा जुम्लामा अभाव सिर्जना हुन्छ। वास्तवमा जुम्ला आत्मनिर्भर रहेछ। जुम्लाबाट सिंगाे देशले आत्मनिर्भरताकाे पाठ सिक्न सक्छौँ।

भिडियाे:

प्रकाशित मिति: : 2023-03-20 21:40:00

प्रतिकृया दिनुहोस्