७ सय लाभग्राहीले सम्झौता गरेनन्

Breaknlinks
Breaknlinks

विसं २०७२ को भूकम्पबाट घर भत्किएर पुनःनिर्माणको सूचीमा समावेश भएका ७०० बढी लाभग्राहीले घर निर्माणका लागि सम्झौता गरेका छैनन् । कूल १४ हजार ३९५ लाभग्राही रहेकामा हालसम्म १३ हजार ६७६ लाभग्राहीले मात्रै निजी आवास पुनःनिर्माणका लागि सम्झौता गरेका हुन् । 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ तनहुँका प्रमुख जयप्रकाश गुप्ताले अनुदान सम्झौताका लागि पटकपटक आह्वान गरे पनि ७१९ जनाले सम्झौता नगरेको जानकारी दिए । अनुदान सम्झौताका लागि गत मङ्सिर मसान्तसम्म म्याद रहेको थियो । 

आवास पुनःनिर्माणका लागि सम्झौता नगरेसँगै त्यस्ता लाभग्राही अनुदान प्राप्त गर्नबाट वञ्चित भएका छन् ।
तनहुँ जिल्लामा पाँच वर्षको अवधिमा ६८.५७ प्रतिशत आवास पुनःनिर्माण सम्पन्न भएको छ । हालसम्म नौ हजार ३७३ घर पुनःनिर्माण भएको छ । पहिलो किस्ता लिने लाभग्राही १३ हजार ६६८ र दोस्रो किस्ता लिने लाभग्राहीको सङ्ख्या १० हजार ६५४ रहेको छ । 

प्रकाशित मिति: : 2021-01-16 13:58:00

प्रतिकृया दिनुहोस्