मिथिला नगरपालिकाका मेयर महताेकाे गर्जन, भने - 'प्रधानमन्त्रीकाे ताजा जनादेशमा जाने निर्णय सही' (भिडियाे)

मधेशमा प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का अध्यक्ष केपी शर्मा ओलीका विश्वासिला पात्र मानिन्छन् - हरिनारायण महताे। 

ओली नेतृत्व नेकपाका केन्द्रीय सदस्य समेत रहेका नेता महताे धनुषाकाे मिथिला नगरपालिकाका मेयरसमेत हुन्।

धनुषाकाे ढल्केबर निबासी नेता महताेले बिएल नेपाली सेवासँगकाे कुराकानीमा प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जाने प्रधानमन्त्रीकाे निर्णय सही भएकाे बताएका छन्।

प्रधानमन्त्री ओलीलाई कामै गर्न नदिएपछि संसद् विघटनगर्न बाध्य बनाइयाे। नेता महताेले भने,'ताजा जनादेशमा जाने प्रधानमन्त्रीकाे कदम अग्रगमन हाे।'

नेकपाकाे अन्तरिम बिधानमा सचिवालयले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउन पाउने उल्लेख नभएकाे बताउँदै नेता महताेले अगाडि थपे, 'आफ्ना आसेपासेलाई विभिन्न निकायमा नियुक्त गर्न पाएनन्। त्यसपछि अध्यक्ष र प्रधानमन्त्री हटाउने खेलमा  प्रचण्ड माधब गुट लागे।'

अर्काे एक प्रसंगमा नेता महताेले ताजा जनादेशमा जानुकाे बिकल्प नभएकाे समेत उल्लेख गरे।

'चुनावकाे तिथीमिती सरकारले ताेकिसकेकाले अब चुनावमा जानुकाे  बिकल्प छैन,' उनले भने।

ओली मधेशकाे मस्सिहा भएकाे दाबि समेत उनले गरे। 'इतिहासमै सबैभन्दा बढि बिकास गर्ने ओली नै हुन्,' महताेकाे प्रश्न थियाे,'अनि उनी कसरी मधेश बिराेधी भए ?'

वैधानिक नेकपा आफूहरूकै भएकाे पनि उनकाे भनाइ थियाे।

प्रकाशित मिति: : 2021-01-18 19:47:00

प्रतिकृया दिनुहोस्