सुरत दुर्घटना: मृतक १५ जनालाई जनही २ लाख दिने प्रधानमन्त्रीको घोषणा

भारती प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरात राज्य अन्तर्गत पर्ने सुरतको कासाम्बा क्षेत्रमा भएको ट्रक दुर्घटनामा मृत्यु भएकालाई २ लाख भारतीय रुपैयाँको दरले राहत दिने घोषणा गरेका छन्। 

सुरतस्थित कोसाम्बा भन्ने स्थानमा सोमबार राति किम–मान्डवी रोडअन्तर्गत पालोडगाम नजिक एउटा ट्याक्टरमा ठोक्किएपछि अनियन्त्रित भएको ट्रक मजदुर सुतिरहेको फुटपाथमा चढेको थियो। 

उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ। 

मृतकका आफन्तलाई प्रधानमन्त्री राष्ट्रिय सहायता कोषबाट सो रकम दिइने भएको अधिकारीहरुले जानकारी दिएका छन् । 

‘सुरतमा भएको दुर्घटनामा परी मानवीय क्षति भएकोमा मलाई अत्यन्त दुःख लागेको छ, यो घटना ज्यादै पीडादायी छ, शोकाकुल परिवारजनप्रति सहानुभूति व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु,’ प्रधानमन्त्री मोदीले ट्वीट गरेका छन्।

उनले घाइते भएकाहरुलाई पनि ५० हजार भारतीय रुपैयाँका दरले राहत रकम उपलब्ध गराइने अर्को ट्वीट मार्फत् जानकारी दिएका छन्।

प्रकाशित मिति: : 2021-01-19 13:35:00

प्रतिकृया दिनुहोस्