शनिबार, ३० मे २०२६

यसरी बाँड्दैछ सुकुम्बासीलाई जग्गा

अव्यवस्थित बसोबासीले सरकारसँग जग्गा किन्नुपर्ने
रातोपाटी

रातोपाटी

काठमाडौं
News Image
• • •

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भाषणमा धेरैपटक भनेको वाक्य हो– सुकुम्बासी र भूमिहीन दलितले अब चाँडै आफ्नो नाममा लालपुर्जा पाउनेछन्।

प्रधानमन्त्री ओलीको यो अभिव्यक्ति भूमिसम्बन्धी समस्या समाधान आयोगसँग सम्बन्धित छ।

तर, भूमि ऐनका आधारमा गठित आयोगलाई प्रधानमन्त्रीले ‘सुकुम्वासीलाई लालपुर्जा बाँडिँदैछ’ भनेर गरेको प्रचारका कारण राजनीतिकरण गरिदिएको र काम गर्न अप्ठ्यारो परेको आयोगका कतिपय सदस्यहरुको गुनासो छ।

एमाले नेता देवी ज्ञवाली अध्यक्षतामा गठित आयोगसँग लिखित सम्झौता गरेर अहिले देशैभरिका विभिन्न स्थानीय तहले ऐलानी जग्गाको लगत संकलन गरिरहेका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!