कर्णाली प्रदेशकाे एक दिवसिय क्रिकेट प्रतियोगितामा ऐतिहासिक जित

बिएल संवाददाता

काठमाडाै‌ं
Breaknlinks
Breaknlinks

कर्णाली प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगितामा ऐतिहासिक जित निकालेको छ। 

मंगलबार गण्डकीलाई ५ विकेटले हराउदै कर्णालीले पहिलो जित निकालेका हो। जितका लागि २ सय ५ रनको विजयी लक्ष्य पछ्याएको कर्णालीले ३६.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो। 

कर्णालीका ब्याट्सम्यान हिमान्शु शाही ६० बलमा ७ चौकासहित सर्वाधिक ६८ रनमा अविजित रहे। दिवान पुन ८ रनमा अविजित रहे।

कर्णालीलाई ओपनर विकेटकिपर विपिन रावलले ४५ बलमा ४ चौका र ३ छक्कासहित ४९ रन जोडे। 

राज शाह ३० बलमा ५ चौकासहित ३२ रनमा बोल्ड आउट भए। कप्तान रविन्द्रजंग शाही ५ रनमा एलबिडब्लू आउट हुन पुगे। 

गण्डकीका कप्तान बिपिन खत्रीले १० ओभरमा ५५ रन खर्चेर ४ विकेट लिए। सुबास भण्डारीले १ विकेट लिए।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको गण्डकी ४२.३ ओभरमा २ सय ४ रनमा अल आउट भएको थियो।

गण्डकीका राहुल शर्मा उपाध्यायले सर्वाधिक ५३ रनको योगदान दिए। राहुलले ६४ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। 

यता अर्जुन कुमालले १ सय ६ बलमा ६ चौकासहित ४६ रनको योगदान दिए।

चौथो विकेटका लागि अर्जुन र राहुल शर्मा उपाध्यायले ८९ रनको उत्कृष्ट साझेदारी गर्दै टोलीलाई सम्हालेका थिए। सुवास भण्डारी र बिशाल पौडेल १५ रनमा आउट भए।

कप्तान रविन्द्रजंग शाहीले १० ओभरमा २ मेडनसहित ३८ रन खर्चेर १ विकेट लिए। दीनेश अधिकारीले ६.३ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए। अनुज चुनारा ७ ओभरमा १ मेडनसहित २५ रन खर्चेर २ विकेट लिए।

जितसँगै कर्णालीले २ खेलमा २ अंक जोडेको छ। कर्णाली समूहको तेस्रो स्थानमा रहेको छ ।

गण्डकीको यो दोस्रो हार हो। गण्डकीले ३ खेलमा २ अंक जोडेको छ।

गण्डकी तालिकाको चौंथो स्थानमा रहेको छ ।

 

प्रकाशित मिति: : 2021-01-19 15:10:00

प्रतिकृया दिनुहोस्