कंगना फेरि जावेद अख्तरविरूद्ध आक्रामक

मुम्बई प्रहरी र कंगना रनौटबीच एकपल्ट फेरि शीतयुद्ध सुरु भएको छ। लेखक तथा कथाकार जावेद अख्तरको उजुरीमा मुम्बई प्रहरीले कंगनालाई २२ जनवरीमा प्रहरी कार्यालयमा हाजिर हुन आदेश दिएको छ। 

अख्तरले गत नोभेम्बरमा कंगनाविरूद्ध क्रिमिनल उजुरी दर्ता गराएका थिए। उजुरी अन्धेरीको मेट्रोपोलिटिन कार्यालयमा दर्ता गरिएको थियो।

अख्तरको उजुरीमा प्रहरीले आफूलाई बोलाएपछि कंगना भड्किएकी छिन्। उनले आफ्नो असन्तुष्टी सोसल मिडियामार्फत जाहेर गरेकी छिन्। 

उनले आफूविरूद्धको अभियानमा लागेका सबैलाई एकजुट भएर आउन चुनौति दिएकी छिन्। 

‘मलाई टर्चर गर। पाँच सय मुद्धा दर्ता गरेर जेलमा पठाओ। मरेर गए पनि तिमीहरु जस्ता भेडालाई छोड्ने छुइन,’ उनले भनिन्। 

अख्तरले सुशान्त सिंह राजपूतको निधनपछि आफ्नो नाम गुटबाजीमा समावेश गरेको आरोप लगाएका थिए।

प्रकाशित मिति: : 2021-01-21 18:33:00

प्रतिकृया दिनुहोस्