टिप्पणी

काम-कुरो एकातिर, बुढी बोकी बालीतिर

BreaknLinks
BreaknLinks

कामनपाका मेयर बालेन्द्र साह साँचिकै काम नपाएर यतिबेला आफ्नो श्रीमतीसँग इन्डोनेसिया भ्रमणमा कुम्लो बोकेर हिँडेका छन। उनी गत मंगलबार इन्डोनेसिया गएका हुन। र्‍यापर बालेन्द्र आफैंले नियुक्त गरेका नगर प्रहरी बलका प्रमुख एसपी राजुनाथ पाण्डेमाथि लैंगिक हिँसाको आरोप छानबिन हुँदै गर्दा आफ्नो नियुक्ती र खराब नेतृत्वको जनसवाल सामना गर्नुपर्ला भनेर उनी देश छोडेर भागेको आशंका गरिएकाे छ।

उनको इन्डोनेसिया भ्रमणबारे जानाकारी नभएकाे महानगरका प्रवक्ता नवीन मानन्धर बताउँछन्। इन्डोनेसिया पुगिसकेपछि बालेन्द्रले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली ‘पबजी’ टिमलाई शुभकामना र हौसला दिन बाली पुगेकाे बताएका छन्। देशमा संकट र आशान्तिको बीउ छरेर मेयर बालेन्द्र बाली गएको विषयलाई लिएर जनता आक्रोशित देखिन्छन्।


सुकुम्बासी बस्तीमा घाइते भएकी झरना भन्छिन्– राजु पाण्डेले ५० लाख खाए (भिडियाेसहित)


स्थानीय चुनावमा भारी मतान्तरले विजयी मेयर पदमा आएदेखि उनले भत्काउने र बिगार्ने कामबाहेक केही गरेको देखिँदैन। डाेजरे मेयरकाे उपमा पाएका उनी डोजर र भाडामा ल्याएका नगर प्रहरी बोकेर ठेला व्यापारी र मजदुरमाथि आइलागेको भन्दा अरु काम उनले गरेको देखिँदैन। कुनै निकायसँग समन्वय नगरी आफूखुसी विकासको नाममा घर भत्काउने र गरीब लखेट्ने काम उनले मेयरको पदभार ग्रहरण गरेकाे दिनदेखि गर्दै आएका छन्।

काठमाडौँका अनाधिकृत संरचना भत्काउने अठोटका साथ मैदानमा उत्रिएका बालेन्द्रले पाँच वर्षे कार्यकाल त्यही भत्काएर मात्रै बस्ने जस्तो देखिन्छ। यही अठोट र निर्णयले गर्दा उनी विवादास्पद हुँदै आएका छन्। तर, उनको अहिलेसम्मकै सबैभन्दा ठुलो असफलता भनेको भूमिहीनहरुमाथि गरेको आक्रमण हो।

मंसिर १२ गते पूर्व योजना र तयारी बिना डोजर र भाडाका प्रहरी बोकेर बस्तीमा धावा बाल्दा दर्जनौं घाइते भए। उक्त लफडामा परी घाइते नक्कली प्रहरीको उपचार पनि गरिदिएनन्, बालेनले। आफ्नो गल्ती स्वीकारी उचित योजना बनाएर कुटनीतिक रूपमा बस्तीमा जानुको साट्टा मंसिर १२ मा सामना गर्नु परेको असफलताको कारण उनको घमण्ड झनै चुलियो। इन्डोनेसिया जानुभन्दा अघि उनी भूमिहीनविरुद्ध प्रतिकार गर्ने आदेश लिएर काठमाडौँको विभिन्न नेवार समुदायको अध्यक्षहरुलाई भेटेका थिए।

प्रतिकार गरे बापत उनले त्यहाँका वडा अध्यक्षलाई दोब्बर बजेट दिएको खुलासा भएको छ। महानगरको बजेट व्यक्तिगत सम्पत्ति जसरी मनलाग्दी बाँडफाँड गरी अहिले इन्डोनेसियातिर छुमन्तर भएका छन्। भूमिहीनप्रतिको व्यक्तिगत रिसिबीको कारण राजधानीका जातीय समुदायलाई प्रयोग गर्ने मेयर बालेन्द्रबाट अब केही अपेक्षा गर्न नसकिएला। उनको यस्तो क्रियाकालापले उनले जानाजान जातीय युद्ध पार्ने योजना बनाएको भन्न पनि सकिन्छ।

विकासको नाममा विनास गर्दै हिँडेका मेयरले अहिलेसम्म बनाउने काम केही गरेका छैनन्। सौन्दर्यीकरण अभियान चलाएर महानगरको ६ अर्ब बजेट परियोजनामा खन्याएर आफ्नो खल्ती पनि अलिअलि भर्ने योजना बनाई टुकुचा खोला कोतारेका बालेनलाई अदालतले ‘स्टे अर्डर’ दिएपछि अहिले काठमाडौँस्थित जय नेपाल हलको परिसर हेर्न लायक छैन।

जनताको करको पैसा मनपरी परियोजना र जथाभावी वडामा खन्याएर आफू भने श्रीमतीसँग इन्डोनेसियामा रमाइरहेका छन्, कामपानाको मेयर। आफ्नो संगठन र कार्यालयभित्र भएको बेतिथी र अनियमिततालाई बेवास्ता गर्दै मेयरको पद दुरुपयोग गरेर व्यक्तिगत रिसिबी पोखेर आफ्नो घमण्डको प्यास मेट्दै छन्, कामनपाको मेयरसाव्।


बालेनको मूर्खता: नेवार समुदायलाई उचालेर भाँड्दैछन् काठमाडाैँ

प्रकाशित मिति: : 2023-01-08 21:40:00

प्रतिकृया दिनुहोस्