धारिलो हतियार प्रहार गरी वृद्धाको हत्या

Breaknlinks
Breaknlinks

 रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं. १ ननउली निवासी ५० वर्षीया वृद्धाकाे धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार ननउली गाउँ उत्तर एक किलोमिटर सिमानामा अयोध्या कहाँरको तोरी बारीमा घोप्टो परेको अवस्थामा कलावती धोबीको शव फेला परेकाे हाे।

उनकाे टाउको पछाडि करीब चार इन्च घाउ तथा भूईमा रगताम्य घटनास्थलको प्रकृतिले धारिलो हतियार भेटिएकाे छ।

मृतक धोबीको शव भीम अस्पताल भैरहवा पोष्टमार्टम गराई प्रहरीद्रारा आवश्यक अनुसन्धान भइरहेको रुपन्देही प्रहरी प्रमुख प्रवीण पोखरेलले जानकारी दिए ।

चार सन्तानकी आमासमेत रहेकी मृतक धोबी घरबाट बुधवार साढे पाँच बजे घरबाट निस्के पछि राति अबेरसम्म नफर्किदा गाउँलेहरु तथा परिवारद्रारा खोजतलासको क्रममा उनको शव देखेर प्रहरीलाई खबर गरेका थिए।

प्रकाशित मिति: : 2021-01-22 09:02:00

प्रतिकृया दिनुहोस्