न्युरोडबाट स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

बिएल संवाददाता

काठमाडाै‌ं
Breaknlinks
Breaknlinks

प्रहरीले न्युरोडबाट स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ।  

बिहीबार काठमाडौं महानगरपालिका-२२ न्युरोडबाट स्रोत नखुलेको नगद १५ लाख २६ हजार रुपैयाँ सहित काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-३ घर भएका २४ वर्षीय छेवाङ शेर्पालाई प्रहरीले पक्राउ गरेको हो।

शेर्पालाई शंकास्पद अवस्थामा फेला पारी प्रहरीले शरीर तलासी गर्दा उक्त नगदसहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ।

 

प्रकाशित मिति: : 2021-01-22 15:13:00

प्रतिकृया दिनुहोस्