मलेसियाबाट आइपुग्याे १९ नेपालीको शव (फाेटाे फिचर)

वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेर उतै निधन भएका १९ जना नेपालीको शव काठमाडौं आइपुगेकाे छ। 

शनिबार बिहान नेपाल एयरलाइन्सको वाइडबडी विमानमार्फत उनीहरुकाे शव ल्याइएकाे हाे।

नेपाल एयरलाइन्सले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेर ज्यान गुमाएका नेपालीहरुको शव ल्याइएको जनाएको छ।

शव लिन शुक्रबार उक्त विमान मलेसिया गएको थियो।

नेपाल आएका शव सर्लाहीका ५४ वर्षीय प्रदीप शाह, नुवाकोटका २७ वर्षीय मिलन लामा, रौतहटका ३८ वर्षीय विरेन्द्र कुर्मी, झापाका ३४ वर्षीय विष्णु कुमार चौधरी, सिन्धुपाल्चोकका २७ अजय भण्डारी र २५ वर्षीय कालु तामाङ रहेका छन्।

यता पाँचथरका २५ वर्षीय सुन्दर राई, ३५ वर्षीय लक्ष्मी कुमार माझी, काभ्रेका ४० वर्षी अजय तामाङ, मोरङका २६ वर्षीय रामकुमार मुडायारी, झापाका ४२ वर्षीय लिलबहादुर खड्का र ताप्लेजुङका ४५ वर्षीय नेत्रप्रसाद भट्टराइकाे पनि शव नेपाल आइपुगेकाे छ।

यस्तै ३२ वर्षीय धनबहादुर विक, धनकुटाका ४३ वर्षीय भीमबहादुर मगर, पर्साका ३२ वर्षीय अजोर खान, सिन्धुलीका २५ वर्षीय सूर्य तामाङ, सुन्सरीका २७ वर्षीय एमडि मिस्टर, बाँकेका ४८ वर्षीय तीर्थराम लोनिया, बाराका ४० वर्षीय विरबहादुर तामाङकाे शव पनि समावेश छ। 

उनीहरु सबैको शव त्रिभुवन विमानस्थलबाट आफन्तले बुझेका छन्।

 

प्रकाशित मिति: : 2021-01-23 12:44:00

प्रतिकृया दिनुहोस्