भीमफेदीको विकट बाह्रबिसे गाउँमा सडक पुग्यो 

सांकेतिक तस्बिर

मकवानपुरको भीमफेदी गाउँपालिकास्थित बाह्रबिसे गाउँमा पहिलोपटक सडक पुगेको छ। 

गाउँपालिकाको वार्षिक कार्यक्रमअन्तर्गत गाउँपालिका–५ स्थित विकट बस्ती बाह्रबिसेमा पहिलोपटक सडक पुगेको गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिए। 

गाउँसम्म सडक नपुग्दा स्थानीय बासिन्दाले कृषि उपजको बजारीकरणका साथै विविध समस्या झेल्दै आएको बताउदैं उनले भने, 'गाउँसम्म मोटर नपुग्दा उत्पादित तरकारी बजारसम्म बोकेर ल्याउनुपर्ने बाध्यता थियो।' 

अहिले सवारी साधन ओहोरदोहोर हुने गरी सडक निर्माण भएपछि स्थानीय बासिन्दा निकै खुशी भएको उनको भनाइ छ। 

प्रकाशित मिति: : 2021-01-25 20:53:00

प्रतिकृया दिनुहोस्