बैंकिङ समूहमा गिरावट आएपछि नेप्से सूचक दबाबमा, १६.५५ अङ्कले घट्यो

बिएल संवाददाता

काठमाडाै‌ं

काठमाडौं : बैंकिङ समूहमा गिरावट आएपछि बिहीबार शेयरबजार प्रभावित भएको छ । नेप्से सूचक १६.५५ विन्दुले घटेर २४२५.२९ विन्दुमा बन्द भएको छ । 

अधिकांश वाणिज्य बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरणमा धेरै जसो बैंकहरुको नाफा धेरैको नाफा घटेको छ। कोरोना कहर र घट्दो स्प्रेड दरकाबीचमा पनि केहीले भने राम्रो मुनाफा आर्जन गरेका छन् । 

नाफा घटेको रिपोर्टलाई आधारमा मानेर बिहीबार बैंकिङ समूहमा धेरै ह्रास देखिएको छ । समग्र नेप्सेमा बैंकिङ समूहहरुको योगदान बढी रहेकाले नेप्से सूचकमा भने ह्रास देखिएको हो । खरिदबिक्री रकममा भने उत्साहजनक सुधार आएको छ । 

वाणिज्य बैंक, विकास बैंक, फाइनान्स तथा हाइड्रोपावर लगायतका समूहहरुमा ह्रास आएको छ । तथापि, निर्जीवन बिमा, उत्पादनमूलक तथा माइक्रोफाइनान्स समूहमा तेजी आएको छ ।
२०९ कम्पनीको ९ अर्ब ७४ करोड ८० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । २ करोड १९ लाख १७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएका छन् ।

निर्जीवन बीमा समूह सबैभन्दा धेरै ४१०.३९ अंकले वृद्धि भएको छ । ७ वटा कम्पनीको भाउ ९% भन्दा माथि वृद्धि भएको छ । ५६ करोड ६३ लाख रुपैयाँसहित नेपाल बैंक कारोबार रकममा सबैभन्दा अघि छ । दोस्रोमा पुनर्बिमा र तेस्रोमा हिमालयन डिष्टिलरी परेका छन् ।

प्रकाशित मिति: : 2021-01-28 15:51:00

प्रतिकृया दिनुहोस्