धनुषामा एक उघोगीको हत्या

धनुषाको महेन्द्रनगरमा एक उद्योगीको हत्या भएको छ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका –७ सखुवा महेन्द्रनगर स्थित सञ्चालित क्षिरेश्वरनाथ डिस्टेलरी इन्डस्ट्रीजका सञ्चालक ५१ वर्षीय प्रमोद रेग्मीको हत्या भएको हो।

बिहीबार बिहान उनको शव रक्ताम्य अवस्थामा उद्योगको क्वाटरमा फेला परेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ।

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ७ चुवारेका स्थायी बासिन्दा रेग्मीको हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ।

हत्यामा संलग्न भएको आशंकामा प्रहरीले चारजनालाई पक्राउ गरेको छ।

चारजनालाई पक्राउ गरी घटना विषयमा अनुसन्धन गरिरहेको सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दीपककुमार रायले जानकारी दिए। यधपि पक्राउ व्यक्तिहरुको नाम सार्वजनिक गरिएको छैन।

प्रकाशित मिति: : 2021-01-28 15:54:00

प्रतिकृया दिनुहोस्