स्ववियु निर्वाचन

चुनाव अलपत्र पारेर क्याम्पस प्रमुख र निर्वाचन अधिकृत गायब

काठमाडाैँकाे नेपाल कमर्श क्याम्पसमा आज हुन गइरहेकाे स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अलपत्र पारेर क्याम्पस प्रमुख र निर्वाचन अधिकृत सम्पर्कविहीन भएकाे छन्।

बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिए पनि क्याम्पस प्रमुख प्राध्यापक धुब्रप्रसाद सिलवाल र निर्वाचन अधिकृत तुलसीराम रेग्मी सम्पर्कविहीन भएपछि अहिलेसम्म सर्वदलीय बैठकसमेत बस्न सकेकाे छैन।

क्याम्पस प्रमुख सिलवाल र निर्वाचन अधिकृत रेग्मीले फाेन स्वीच अफ गरेर सम्पर्कविहीन भएकाे विद्यार्थी नेताहरुले बताएका छन्। मतदानकाे लागि विद्यार्थीहरु ठुलाे संख्यामा उपस्थित भए पनि अहिलेसम्म निर्वाचनकाे सुरसार नै भएकाे छैन।

यहाँ यसअघि चैत ५ मा निर्वाचन गर्ने भनिए पनि विवादका कारण चुनाव राेकिएकाे थियाे।

प्रकाशित मिति: : 2023-03-25 09:12:00

प्रतिकृया दिनुहोस्