८३ वर्ष कटेका नागरिकलाई कपडा वितरण

बाँसगढी नगरपालिकाले चिसोबाट बच्न जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको छ। 

तराई क्षेत्रमा अत्याधिक चिसो बढिरहेका बेला बाँसगढी नगरपालिकाले ८३ वर्ष नाघेका जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको हो।

बिहिवार एक कार्यक्रमका बीच वडा नम्बर ४ का जेष्ठ नागरिकहरुलाई  नगरप्रमुख शालिकराम अधिकारीले सहयोग हस्तान्त्रण गरेका थिए। 

नगरपालिकाले चिसोबाट बच्न जेष्ठ नागरिकलाई सिरक, डस्ना लगायतका न्यानो सामग्री वितरण गरेको हो। 

 नगरप्रमुख अधिकारीले वडाका २ दर्जन भन्दा बढीलाई कपडा वितरण गरिएको बताए। 

उनका अनुसार नगरपालिकाको खर्चमा निःशुल्क सहयोग गरेको हो। नगर क्षेत्रका २ सय जना भन्दा बढी नागरिकहरुलाई सहयोग गर्ने लक्ष्य राखेको उनको उनले बताए। 

'यो सुरुवात मात्रै हो, हामी सबै वडाका नागरिकहरुलाई सहयोग गर्छौ। चिसोका कारण कोही पनि प्रभावित नहुन भन्ने हाम्रो लक्ष्य हो।’ बिएल नेपाली सेवासँग कुराकानी गर्दै उनले भने।
 
 यसअघि नगरपालिकाले ९० बर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई  न्यानो समग्रीहरु वितरण गरीसकेको छ।

प्रकाशित मिति: : 2021-01-28 20:48:00

प्रतिकृया दिनुहोस्