सरमन जोशीका बुवा तथा पूर्व कलाकार अरविन्दको निधन

अभिनेता सरमन जोशीका बुवा तथा बरिष्ठ नाटक अभिनेता अरविन्द जोशीको निधन भएको छ। उनी मुम्बईको नानावटी अस्पतालमा भर्ना थिए। शुक्रबार बिहान उनको निधन भएको पारिवारिक श्रोतले बताएको हो। 

अरविन्द विशेष गरेर गुजराती नाटकमा अभिनय गर्थे। उनले थुप्रै नाटकको निर्देशन पनि गरेका छन्। अरविन्दको दुई सन्तान सरमन र छोरी मानसी जोशी रोय हुन्। 

सरमनले प्रेम चोपडाको छोरी प्रेरणासँग बिहे गरेका थिए। यस्तै, छोरीले बलिउड अभिनेता रोहित रोय, रोनितका भाईसँग बिहे गरेकी थिइन। गुजराती नाटक बाहेक उनले सन् १९७५ मा रिलिज भएको सुपरहिट फिल्म ‘सोले’ मा पनि काम गरेका थिए। रमेश सिप्पीको निर्देशनमा बनेको यो फिल्ममा अरविन्दले सहायक निर्देशनको काम गरेका थिए।

उनले १९६९ मा राजेश खन्ना र नन्दा अभिनित ‘इत्तेफाक’ फिल्ममा यश चोपडालाई सघाएका थिए। १९९० मा रिलिज भएको ‘अपमान की आग’ मा इन्स्पेक्टर प्रभाकरको भूमिका निर्वाह गरेका थिए।

प्रकाशित मिति: : 2021-01-29 16:37:00

प्रतिकृया दिनुहोस्