सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न सरकारले सहयोग गर्ने

सरकारले सुनचाँदी व्यवसायलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग गर्ने भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधि मण्डलसँगको भेटका क्रममा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले यस्तो बताएका हुन्।

सचिव अर्यालले सुनचाँदी व्यवसाय सञ्चालनका क्रममा आवश्यक पर्ने नीतिगत व्यवस्था, पर्याप्त कच्चा पदार्थ आपूर्तिको सुनिश्चितता तथा तालिम एवं अन्तर्राष्ट्रिय गरगहना सम्मेलन लगायतका क्षेत्रमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए।

वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले व्यवसायीले उठाएका नीति निर्माण, कच्चा पदार्थको पर्याप्त आपूर्ति ब्यवस्था, तालिम एवं अन्तर्राष्ट्रिय गरगहना सम्मेलन लगायतका विषयलाई आवश्यक सम्बोधन गर्न मन्त्रालय तयार रहेको बताए। उनले भने, ‘व्यवसायीको माग अनुरुप सुनको  आपूर्तिमा लागू हुँदै आएको कोटा सीघ्र वृद्धि गर्ने र व्यवसायीको मागअनुसार मोफसलका जिल्लाहरुबाट हुने सुनको वितरणलाई राष्ट्र बैंकसँगको समेत सहकार्यमा थप व्यवस्थित र प्रभावकारी बनाउन सरकार प्रतिवद्ध छ।’ 

भेटमा सचिव अर्यालले सुनचाँदी व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने नीतिगत व्यवस्थाका लागि यसअघि नै मस्यौदा तयार भैसकेकोे उल्लेख गर्दै त्यसलाई सीघ्र कार्यान्वयनमा ल्याउन आफू प्रतिबद्ध रहेको बताए। 

सुनचाँदी व्यवसाय प्रवद्र्धनका लागि आवश्यकताअनुसार तालिमको व्यवस्था गर्न, रोजगारीका अवसर बढाउन, सुनका गरगहना निर्यातका लागि आवश्यक सहज वातावरण निर्माण गर्न तथा ब्यवसायीहरुका तर्फबाट अगाडि सारिएका अन्य मागहरुलाई सम्बोधन गर्न आफूले सम्बन्धित निकायसँग छलफल र सहकार्य गर्ने प्रतिबद्धता जनाए। 

त्यस क्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष माणिकरत्न शाक्यले उपभोक्ताको लगानीको सुरक्षा, ब्ककभअतक ब्उचभअष्बतष्यल, पारदर्शी मूल्य र तौल एवं शुद्ध र गुणस्तरीय सुनचाँदीका गरगहनाको उपलब्धता आफूहरुको पहिलो प्राथमिकतामा रहेको बताए। उनले सुनचाँदी व्यवसायमा देखिएका समस्याको निराकरण गर्दै व्यवसायलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक पर्ने विषयहरुलाई समेटेर तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजनासहितका सुझावसमेत सरकारलाई उपलब्ध गराए।

प्रकाशित मिति: : 2021-02-03 17:35:00

प्रतिकृया दिनुहोस्