बेंसीशहर–चामे सडक खुला

गोल मिडिया

लमजुङ र मनाङ जिल्ला जोड्ने  बेंसीशहर चामे सडक  सञ्चालनमा आएको छ। सो सडक तीनदिनदेखि बन्द रहेको थियो। 

मस्र्याङ्दी गाउँपालिका–४ स्याँगेनिरको सडक ढलान गर्नलाई गत मङ्गलबार बिहानदेखि सडक बन्द गरिएको थियो। सो स्थानमा ढलान सम्पन्न भएसँगै सडक सञ्चालनमा आएको हो। 

डुमे्र–बेंसीशहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी सुरज महर्जनले आज बिहानदेखि सो सडक सञ्चालनमा आएको जानकारी  दिए।  उनले ६५ किलोमिटर  सडकमध्ये ३५ किमी  लमजुङतर्फ र ३० किमी  हिमाली जिल्ला मनाङमा पर्ने बताए।

हिमाली जिल्ला मनाङलाई सडक सञ्जालसँग जोड्ने सरकारको योजनाअनुरुप सडक डिभिजन कार्याल तनहुँले विसं २०५१ बाट सडक निर्माण थालनी गरेको थियो। विविध कारणले विसं २०५७ मा तत्कालीन नेपाली सेनाले निर्माणको जिम्मा लियो। सेनाले यस सडक विसं २०६९ मा निर्माण सम्पन्न गर्दै सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरेको थियो। सडक सञ्चालनमा आएयता वर्षेनी वर्खायाममा पटकपटक सवारी साधन अवरुद्ध हुँदै आएको छ। 

यस सडकमा मस्र्याङ्दी नदीमाथि ३०० देखि दुई हजार ६०० मिटरमाथि हुँदै सवारी साधन सञ्चालन हुन्छ। वर्षेनी सरकारले करोडौँ रकम खर्च गर्दै आए पनि सडक सुधार नहुँदा जोखिमपूर्ण यात्रा गर्न यात्रु बाध्य हुँदै आएका छन्। 

यस वर्षसमेत दर्जनौं पटक विभिन्न स्थानमा पहिलो जाँदा सडक अवरुद्ध हुन पुग्यो। यस खडकखण्ड अन्तर्गत  बेंसीशहर नगरपालिका–६ खरखरे भीर, बेलौती बिसौना–७ पुवाखोला, मस्र्याङ्दी गाउँपालिकास्थित रामबजार, घोप्टेभिर, स्यागे, च्याम्चेदेखि मनाङको नासों गाउँपालिकाको म्यार्दी, तालडाँडालगायतका स्थानमा बाढिपहिरोले क्षति पु¥याएको थियो। 

गत साउन ४ गते आएको बाढीपहिरोले यमध्ये बेलौती बिसौनामा रहेको स्याव कल्भल्र्ट, र पुवाखोलामा आएको बाढीपहिरोले पुवाखोालमा राखिएको कल्र्वे बगाउँदा करिब एक करोड रुपैयाँको क्षति भएको डुम्रे–बेंसीशहर–चामे सडक योजनाले जनाएको छ। योजनाका अनुसार यस वर्ष आएको बाढीपहिराले सडकको सबै स्थानबा गरी करिब साढे एक करोड रुपैयाँ बराबरको क्षति पुगेको छ। सङ्घीय सरकारले यस वर्षसमेत सडक स्तरोन्तीको लागि रु २३ करोड ५८ लाख विनियोजन गरेको र सो रकमबाट आवश्यकअनुसार सडकको काम गर्दै आइरहेपनि सडकमा जोखिम भने कायम रहेको उक्त योजनाले जनाएको छ। 

योजनाका अनुसार यस सडकको चौडाई तीनदेखि चार र कतै कतै सात मिटरको रहेपनि अधिकांश स्थानमा चार मिटरको चौडाई रहेको छ। 

साँघुरो सडक, वर्षेनी आउने पहिरोले जीर्ण बनाएको सडक, त्यही माथि भीरैभरले गर्दा यात्रा जोखिमपुर्ण रहेको यहाँका सञ्चालन गर्दै आएका सवारीका चालकको भनाइ छ। 

'हामीलाई समेत सवारी सञ्चालन गर्न डर छ, डराई डराई भएपनि यात्रु डराउने भएकाले केही हुँदैन भन्दै सवारी सञ्चालन गर्दै आएका छौँ।' सवारी चालक रामप्रसाद गुरुङले भने। उनले भने, 'यस सडकको यात्रा नसकिन्जेससम्म यात्रुहरु डराउने गर्दछन्। सडकको लागि सरकारले चासो देखाएपनि गुणस्तरीय सडक भने अझै बन्न सकेको छैन।' 

त्रिविका मानविकी तथा व्यवस्थापन सङ्कायका डिन शर्माले सुर्खेत क्याम्पस (शिक्षा) लाई प्रदेशकै अग्रणी क्याम्पसका रुपमा साख जोगाउन चुनौती रहेको बताउँदै भने, 'पुरानो भएर मात्र हुँदैन, आफूलाई समय सापेक्ष परिवर्तन गर्दै लैजानुपर्छ, स्थानीय आवश्यकता र सम्भावनानुसारका नयाँ कार्यक्रम सञ्चालन गर्नुपर्छ।'

क्याम्पसलाई राजनीतिदेखि टाढै राख्न उहाँको सुझाव थियो। वीरेन्द्रनगरस्थित शिक्षा क्याम्पस त्रिविको पुरानो क्याम्पसमध्येकै एक हो। रासस 

प्रकाशित मिति: : 2021-02-05 17:41:00

प्रतिकृया दिनुहोस्