राष्ट्रिय महिला लिग दोस्रो चरणको खेल सुरु हुँदै

Donnews.com

राष्ट्रिय महिला लिग अन्तर्गतको  दोस्रो चरणको खेलहरु आजदेखि सुरु हुँदैछ।

अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा भइरहेको । लिगमा तीन विभागीय र चार नगरपालिका/महानगरपालिका टिमसहित ७ टिमले प्रतिस्पर्धा गर्दै छन्।

आज शनिवार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो २ विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र उदयपुरको चौदण्डीगढी नगरपालिकाबीच खेल हुने भएको छ।

पहिलो चरणको ६ खेलबाट आर्मीले  १३ अंक जोडेर दोस्रो स्थानमा रहेको थियो यस्तै ६ वटै खेल हारेको चौदण्डीगढी अंकविहीन हुँदै पुछारमा छ।

पहिलो चरणमा विभागीय टोली हराएको विराटनगर महानगरपालिका ६ खेलबाट १० अंकसहित तेस्रो स्थानमा छ। पुलिस र वालिङ समान ८ अंकसहित क्रमश: चौथो र पाँचौ स्थानमा छ । चन्द्रपुर ३ अंकका साथ छैटौं स्थानमा छ।

पहिलो चरणमा आर्मीले चौदण्डीगढीलाई १२-० ले पराजित गरेको थियो।

प्रकाशित मिति: : 2021-02-06 12:58:00

प्रतिकृया दिनुहोस्