त्रिभूवन आर्मी क्बल भंगहा मेयर गोल्ड कपको उपाधी चुम्न सफल

विजय साह

जनकपुर

त्रिभूवन आर्मी क्लब महोत्तरीको भंगहामा आयोजित प्रथम मेयर गोल्ड कप प्रतियोगिताको च्याम्पियन बनेको छ।

शनिबार भएको फाइनलमा चिरप्रतिद्वन्दी एपीएफ क्लबलाई १ का बिरुद्ध २ गोलको संघर्षपूर्ण जित निकाल्दै त्रिभूवन आर्मी क्लबले उपाधी चुमेको हो। 

भंगहाकोे सिद्दपुरस्थित खेलमैदानमा आर्मीका लागि विमल पाण्डेले एक गोल गर्दै अग्रता दिलाए थिए। टंक बस्नेतले प्रहार गरेको कर्नर बललाई सदुपयोग गर्दै पाण्डेले हेडिङ्गद्वारा गोल गरेका थिए।

तर खेलको ५५औं मिनेटमा एपीएफले बराबरी गोल गर्‍यो। कप्तान नवीन लामाको फ्रि–किकमा रभी थिङले हेडिङ्ग गोल गर्दै खेल १–१ बराबरीे स्थितिमा पुर्‍याए।

७१औं मिनेटमा आर्मीले पुनः अग्रता बनायो। यसपटक आर्मीका लागि जितेन्द्र कार्कीले गोल गरेका थिए। कार्कीले गरेको गोल नै आर्मीका लागि पर्याप्त बन्यो। 

प्रतियोगिता जितेसँगै त्रिभूवन आर्मी क्लबले नगद पाँच लाख र शिल्ड पाप्त गरे। उपविजेता एपीएफले नगद दुई लाखमा चित्त बुझाउनु प-यो।

प्रकाशित मिति: : 2021-02-06 21:11:00

प्रतिकृया दिनुहोस्