शेयरबजारमा करेक्सन, २९.०१ अंकले घट्यो नेप्से

सेयर बजारमा मंगलबार सामान्य 'करेक्सन' देखिएको छ । मंगलबार नेप्से सूचक १.१३ प्रतिशत अर्थात् २९.०१ अंकले घटेर २५३२.४६ विन्दुमा झरेको छ। यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ४.८९ प्रतिशतले घटेर ४६१.७० विन्दुमा आइपुगेको छ।

निरन्तर तीन दिनको उच्च वृद्धि पनि नेप्सेमा मंगलबार करेक्सन देखिएको छ। टिएमएसमा समस्या देखिएर कारोबार रोकिदा कारोबार प्रभावित भएको छ। मंगलबार १९४ वटा कम्पनीका १ करोड ५९ लाख ८५ हजार १९८ कित्ता शेयर किनबेच भएर ८ अर्ब १४ करोड ६२ लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ। केहि दिनदेखि १० अर्ब रुपैयाँभन्दा बढीको कारोबार भइरहेको थियो।

यस दिन कारोबारमा आएका १२ उपसमूहमध्ये विकास बैंक र फाइनान्स उपसमूहको सूचक मात्रै सकारात्मक देखिएको छ। फाइनान्सको सूचक १.१ प्रतिशतले बढ्दा विकास बैंकको सूचक ०.९९ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै माइक्रोफाइनान्स उपसमूहको सूचक २.७८ प्रतिशले घटेको छ। 

यस्तै उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, अन्य, व्यापार, होटल्स, जीवन बीमा, हाइड्रोपावर उपसमूहको सूचक १ प्रतिशत भन्दा बढीले घटेका छन्।
कारोबार रकमका आधारमा ग्रामीण लघुवित्त वित्तीय संस्था शीर्ष स्थानमा रहेको छ। यस दिन लघुवित्तको ३४ करोड ७१ लाख ८२ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। 

त्यसैगरी, प्रभु बैंकको ३० करोड ५८ लाख, ग्लोबल आइएमई बैंकको २९ करोड ४५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। चार कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। गुडविल फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, समृद्धि फाइनान्स र लुम्बिनी विकास बैंकको संस्थापक शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यसैगरी, प्रभु बैंककै संस्थापक शेयरको मूल्य ६.४५ प्रतिशत, कालिका पावर, नेपाल ल्युव आयल, आँखुखोला, कामना सेवा विकास बैंक लगायतको शेयरमूल्य बढेको छ।

यस दिन सबैभन्दा धेरै सर्पोट माइक्रोफाइनान्सको शेयरमूल्य ५.८२ प्रतिशतले घटेको छ। यस्तै निर्धन उत्थान लघुवित्त, माउन्टेन इनर्जी नेपालको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ।

प्रकाशित मिति: : 2021-02-09 16:53:00

प्रतिकृया दिनुहोस्