केपी ओलीले मदन भण्डारी बिर्सिएर पशुपतिको नाम जप्न थालेका छन् : माधवकुमार नेपाल (भिडियो)

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपा (प्रचण्ड) अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीको नाम बिर्सिएर पशुपतिको नाम जप्न थालेको बताएका छन्।

बुधबार भृकुटीमण्डपमा प्रतिनिधसभा विघटनविरुद्धको विरोध सभामा बोल्दै नेता नेपालले भने, ‘ओलीले अहिले पशुपतिको नाम जप्न थालेछन् तर पशुपतिले नराम्रो गर्नेको पाप पखाल्न सक्दैन। लोकतन्त्रको हत्या गरेका छन्। बलात्कारीको संरक्षण गरेका छन्। उनी हत्यारा हुन, हत्याराको पशुपतिनाथले पाप पखाल्न सक्दैन्न।’

प्रकाशित मिति: : 2021-02-10 16:33:00

प्रतिकृया दिनुहोस्