सुशान्तको दिदी मितुविरुद्धको मुद्धा खारेज

सामाजिक सञ्जाल

अभिनेता सुशान्त सिंह राजपूतको निधनसँग जोडिएको मुद्धामा उनको प्रेमिका रिया चक्रवतीलाई गम्भीर धक्का लागेको छ। बाम्बे उच्च अदालतले रियाद्धारा सुशान्तकी दिदी मितु र प्रियंका सिंहविरुद्ध हालिएको फर्जी प्रेस्क्रिप्सनमा सफाई दिएको छ। अदालतले सोमबार फैसला सुनाउँदै मितुविरुद्धको उजुरी रद्ध गरिएको बताएको छ। तर, प्रियंकालाई राहत दिइएको छैन। अब उनविरुद्ध छानवीन अगाडी बढ्ने छ। 

सुशान्तको आत्महत्या प्रकरणमा रियामाथि लागु औषध उपलब्ध गराउने आरोप लागेको थियो। उनलाई ड्रग्स मुद्धामा पक्राउ पनि गरिएको थियो। हाल उनी जमानतमा छिन्। 

आफू पक्राउ पर्नुअघि रियाले राममनोहर लोहिया अस्पतालका डा। तरुण कुमार र सुशान्तको दिदीहरु माथि मुम्बईको बान्द्रा पुलिस स्टेशनमा मुद्धा दर्ता गराएकी थिइन। उनीहरु माथि फर्जी मेडिकल प्रस्क्रिप्सन बनाएर सुशान्तका लागि दबाई किनेको आरोप लगाइएको थियो। सुशान्तको दिदीहरुले २०२० मा बाम्बे उच्च अदालतमा यसविरुद्ध चुनौती दिएका थिए।

प्रकाशित मिति: : 2021-02-15 18:28:00

प्रतिकृया दिनुहोस्