पाकिस्तानी प्रधानमन्त्री इमरानद्वारा भारतीय क्रिकेटको प्रशंसा

File Photo
File Photo

पाकिस्तानका प्रधानमन्त्री इमरानत खानले भारतीय क्रिकेट टिमको प्रशंसा गरेका छन्।

उनले भारतीय क्रिकेटले घरेलुस्तरमा निकै सुधार ल्याएको भन्दै अन्तर्राष्ट्रिय क्रिकेट तथा विदेशी भूमिमा पनि प्रशंसायोग्य खेल प्रदर्शन गरिरहेको बताए।

इमरानले भने, ‘पाकिस्तानमा भारतभन्दा राम्रो प्रतिभा छ। तर, हामी विदेशमा त्यति सफल हुन सकिरहेका छैनौं।’ पाकिस्तानको घरेलु क्रिकेटमा सुधार ल्याउने समय भएको उनको भनाई थियो।

उनले राजनीति तथा अन्य कामको व्यस्तताले गर्दा क्रिकेटमा त्यति ध्यान दिन नसकेको बताए। इमरान पाकिस्तानी क्रिकेट बोर्डका संरक्षक पनि हुन्। उनलाई बोर्ड अध्यक्ष नियुक्त गर्नेसमेतको अधिकार छ।

इमरानको कप्तानीमा १९९२ मा पाकिस्तानले विश्व कप क्रिकेट जितेको थियो। उनले ८८ टेस्ट र १ सय ७५ एकदिवसीय खेलेका छन्। टेस्टमा ३७ दशमलव ६९ को औसतले उनले ३८ सय ७ रन बनाएका छन्।

एकदिवसीयमा ३३ दशमलव ४१ को औसतले ३७ सय ९ रन बनाएका थिए। उनले टेस्टमा ३ सय ६९ र एकदिवसीयमा १ सय ८२ विकेट लिएका थिए।

प्रकाशित मिति: : 2021-02-16 12:44:00

प्रतिकृया दिनुहोस्