इतिहासमा आज

नेपाली फुटबलकाे कालाे दिन: ३५ वर्षअघि दशरथ रंगशालामा गएकाे थियाे ९३ जनाकाे ज्यान

(अर्काइभ) फोटो: मिन बज्रचार्य

आज नेपाली फुटबलकाे लागि कालाे दिन हाे। आजभन्दा ठिक ३५ वर्षअघि नेपाल फुटबल क्षेत्रमा ९३ जनाकाे ज्यान जाने गरी घटना भएकाे थियाे।

वि.सं. २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा जनकपुर चुरोट कारखाना र बंगलादेशको लिवरेशन आर्मीबीच त्रिभुवन च्यालेन्ज सिल्डको फाइनल फुटबल खेल चलिरहेको थियो। साे फाइनल खेलमा दर्शकले रंगशाला खचाखच भरिएको थियो। खेल हेर्न काठमाडौंका रैथाने दर्शकबाहेक नेपालका अन्य ठाउँ जनकपुर, वीरगञ्ज, विराटनगर, बुटवललगायत स्थानबाट करिब ३० हजार दर्शक रंगशालामा उपस्थित थिए।

खेलको करिब २० मिनटपछि भयङ्कर हवाहुन्डरी र मुसलधारे असिनापानी पर्‍याे। त्यसपछि दर्शकहरुकाे भागभाग भयाे।

रंगशालाको ढोकाहरु बन्द गरिएको कारणले भीडमा भाग्न खोज्दा लडेर एकअर्कामाथि खप्टिन पुगे। यसैमा च्यापिएर धेरैको मृत्यु भयो। दुर्घटनामा ९३ मानिसको ज्यान गएको थियो र सयौं जना घाइते भएको थिए।

रंगशाला दुर्घटनापछि शिक्षा तथा संस्कृतिमन्त्री केशरबहादुर बिष्ट र अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष कमल थापाले राजीनामा गरे।

द वासिंटन पोष्ट र लस एन्जलस टाइमको अनलाइनमा अझै पनि समाचार पढ्न सकिन्छ। रंगशाला नजिकै रहेको वीर अस्पतालमा सारी लगाएकी सेतो कपाल भएकी मायालक्ष्मी वैद्यले आफ्ना १२ वर्षीय नातिको भागदौडमा ज्यान गएको एन्जलस टाइमले लेखेको थियो।

शनिबार अशुभ मानिने भन्दै एन्जलस टाइममा मायालक्ष्मीको भनाइ उद्दृत गर्दै भने,‘मैले मेरो परिवारलाई शनिबार बाहिर ननिस्कन भनेको छु।’

त्यसपछि वृद्धहरूले यो बुझ्छन् र बाहिर जाँदैनन् भन्ने मान्यता छ।

सन १९९९ दक्षिण एसियाली खेलकुदको लागि दशरथ रंगशालापछि पुन: चिनियाँ सरकारको सहयोगमामर्मत गरिएको थियो।

प्रकाशित मिति: : 2023-03-13 15:12:00

प्रतिकृया दिनुहोस्