'उमराव जान'बाट निकालेर रातारात ऐश्वर्यालाई ल्याउदा म निकै दुखी भएकी थिए: प्रियंका चोपडा

बलिउड नायिका प्रियंका चोपडालेले आजसम्म कसैको हात र बलले नभई आफ्नो संघर्षले यो स्थाननमा आईपुगेको बताएकी छन्। 

उनले थुप्रै समस्याहरुको सामना गरेर बलिउडमा आफू स्थापित भएको बताउँदै आएकी हुन्। उनलाई बलिउडमा थुप्रै पटक धोका दिइएको समेत उनले खुलाएकी छन्। 

उनले उमराव जान फिल्मबाट निकालिएको सन्दर्भलाई जोड्दै उनको सट्टामा अभिनेत्री ऐश्वर्या रायलाई लिइएको समेत बताइन्।

सन् २००६ मा उनी बलिउडमा नयाँ थिइन्। र ठूलो फिल्मको खोजीमा थिइन्। उनलाई उमराव जान फिल्मको अफर आयो। निकै खुशीका साथ उनले उक्त अफर स्वीकार गरिन्। तर, रातारात फिल्मको अफर ऐश्वर्यालाई गरियो। उक्त फिल्ममा अभिषेक बच्चनको मुख्य भूमिका थियो। 

उनलाई हटाएर फिल्ममा ऐश्वर्यालाई लिइएको थाहा पाएपछि उनी निकै दुखी भएको बताईन्। तर, उनले जीवनमा कहिल्यै हार मानिनन्। उनले संघर्षलाई जारी राखिन् र आज यो स्थानसम्म पुग्न सफल भइन्। 

प्रकाशित मिति: : 2021-02-19 07:43:00

प्रतिकृया दिनुहोस्