धनुषामा लागूऔषधसहित तीनजना पक्राउ

विजय साह

जनकपुर 
Mayadevi online

 प्रहरीले धनुषाको बटेश्वरबाट प्रतिबन्धित लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा महोत्तरीको मनरासिसवा २ बस्ने २१ बर्षिय केशव सिंह, २० बर्षिय रोशन ठाकुर र २० बर्षिय सहिल सिंह रहेका छन। 

शनिबार बटेश्वर गाउँपालिका २ धुमासनबाट लागूऔषधसहित उनीहरुलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले पक्राउ गरेको हो। 

प्रकाउ परेका साथबाट तीन सय ८० थान नाइट्रोजन भ्याट बरामद भएकोे ईप्रका महेन्द्रनगरले जनाएको छ।

प्रहरीले उनीहरु चढेको ज ७ प १५७४ नम्बरको होण्डा साइन मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ।

त्यसैगरी प्रहरीले गत बिहिबार बटेश्वर गाउँपालिका कविरचौकबाट क्षीरेश्वरनाथ नगरपालिका ७ बस्ने बर्ष १८ को सलिम खानलाई लागूऔषधसहित पक्राउ गरेको थियो। उनको साथबाट नाइट्रोजन भ्याट एक सय ५० थान र कोरेक्स २ बोतल बरामद भएको प्रहरीले बताएको छ। 

प्रकाशित मिति: : 2021-02-20 21:32:00

प्रतिकृया दिनुहोस्