सुशान्तसिंह राजपुतको रहस्यमय मृत्युमा आधारित 'न्यायः दि जस्टिस' फिल्म बन्ने

Republi Bharat
Republi Bharat

बलिउड अभिनेता सुशान्तसिंह राजपुतको रहस्यमय मृत्यु भएको आठ महिना बितिसक्दा पनि सत्यतथ्य सार्वजनिक भएको छैन। 

मुम्बईस्थित बान्द्रामा मृत भेटिएका उनलाई प्रहरीले आत्महत्या गरेको बताएको छ। यदपि परिवार र शुभचिन्तकहरू भने रहस्यमय हत्या भएको दाबी गरिरहेका छन्। 

अभिनेता राजपुत मृत्यु प्रकरणमा बलिउड अभिनेत्री रिया चक्रवर्ती र उनको परिवार समेत जोडिएको छ। अहिले यो मुद्दा भारतीय केन्द्रीय अनुसन्धान ब्यूरोमा सारिएको छ। सीआबीमा अनुसन्धान जारी रहेको र पिडितले न्याय पाउँने मुम्बई प्रहरीले विस्वास व्यक्त गरेको छ। 

अभिनेता राजपुतको मृत्य झनझन् रहस्यमय बनिरहेका बेला महत्वपूर्ण घटनाहरूलाई समेटेर उनको मृत्यु र अनुसन्धानमा आधारित फिल्म बन्ने भएको छ। फिल्म निर्माता राहुल शर्मासँग मिलेर सरला ए सरौगीले 'न्यायः दि जस्टिस' फिल्म बनाउने घोषणा गरेका हुन्।

'न्यायः दि जस्टिस' फिल्मको निर्देशन दिलिप गुलाटीले गर्नेछन्। निर्देशक गुलाटीले अभिनेता सुशान्तसिंह राजपुतले न्याय पाउँनेमा आफूहरूलाई न्यायालयप्रति पूरा भरोसा भएको बताएका छन्।

फिल्ममा जुबेरा खान, श्रेया शुक्ला मुख्य भूमिकामा रहने छन्। 'न्यायः दि जस्टिस'मा अनुभवी अभिनेता शक्ति कपूर, सुधा चन्दन, रुपमा र अमन बर्मा समेत महत्वपूर्ण भूमिकामा हुने निमार्ण टीमाले जानकारी दिएको छ।

प्रकाशित मिति: : 2021-02-21 07:56:00

प्रतिकृया दिनुहोस्