
रामचन्द्र न्यौपाने
डोल्पामा १५ वर्षीया किशोरीलाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा तीन जना पक्राउ परेका छन्।
जिल्लाको जगदुल्ला गाउँपालिका वडा नं. ६ की १५ वर्षीय किशोरीलाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले शनिबार सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा जगदुल्ला गाउँपालिका वडा नं. ५ माझगाउँका २९ वर्षीय धर्मराज बोहोरा, सल्यानको कुमाख गाउँपालिका वडा नं. ५ कालागाउँका २० वर्षीय रेशम राना र जाजरकोटको कुशे गाउँपालिका वडा नं. ९ का २१ वर्षीय कृष्ण विक रहेका छन्।
ती किशोरीलाई २०७९ फागुन १५ गते राति १० बजेतिर जगदुल्ला गाउँपालिका वडा नं.६ झ्याकोटस्थित बारीमा पहिलो पटक रेशम रानाले र त्यसपछि अन्यले पटक–पटक विभिन्न स्थानमा लगेर बलात्कार गरेको प्रहरीको आरोप छ।
ती किशोरी हाल ६ महिनाकी गर्भवती छन्। उनलाई सुर्खेतको बालबालिका हेरचाह केन्द्रमा स्तान्तरण गरिएको छ।
किशोरीका परिवारले गत साउत २७ गते पक्राउ परेका तीन जनासहित ९ जनाविरुद्ध जबर्जस्ती करणीको मुद्दामा किटानी जाहेरी दिएका थिए।
प्रहरीले पक्राउ परेका तीनमाथि अनुसन्धान जारी राख्दै अन्य ६ जनाको खोजी कार्य तीव्र पारेको छ।
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया