एक करोड फिरौती असुल्न मामाले गरे आफ्नै भान्जाको अपहरण (भिडियो)

विजय साह

जनकपुर

आफ्नै ७ बर्षीय भान्जा चन्दन दासलाई अपहरण गरी एक करोड फिरौती रकम माग गरिहरेको अवस्थामा शनिबार राती पक्राउ परेका एकजना अपहरणकारीलाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गरी अपहरणकारीलाई सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा महोत्तरीको पिपरा गाउँपालिका ७ घर भई हाल जनकपुर उपमहानगरपालिका ७ कटैयाचौरीस्थित सरोज ठाकुरको घरमा डेरा गरी बस्ने बर्ष २० को राम रतन दास भन्ने लक्ष्मेश्वर कुमार दास रहेका छन्।

अपहरणकारी दासले आफ्नै भान्जा पर्ने चन्दनलाई जिल्लाको नगराइन नगरपालिका वडा नं. ६ लग्मास्थित उनकै घरबाटबाट शनिबार दिउँसो १ बजे अपहरण गरेका थिए।

अपहरण गरी जनकपुर कटैयास्थित आफ्नै डेरामा बन्धक बनाई राखिएको अवस्थामा सकुशल उद्दार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका बरिष्ठ प्रहरी उपरीक्षक प्रकाश रानाभाटले पत्रकार सम्मेलनमा जानकारी दिए।

अपहरण गरिसकेपछि उनले बालकको आमालाई फोन गरी एक करोड रुपैयाँ फिरौती वापत माग गरेका थिए।

आफ्नै घरबाट हराइरहेका छोरा चन्दनलाई आफन्तहरुले खोजीनीति गरिरहेको बेला साँझ ५ बजे अपहरणकारीले फोन गरेर छोरा अपहरणमा परेको र एक करोड रुपैयाँ मागगरेपछि श्रीमान रमेश दासले प्रहरीमा जानकारी गराएका थिए।

बालक अपहरणमा परेको जानकारी पाउन साथ खोजतलासमा सक्रिय सीमा प्रहरी चौकी लग्मा, जिल्ला प्रहरी कार्यालय धनुषा र प्रदेश २ प्रहरी कार्यालय जनकपुरबाट खटिएको बिशेष टोलीले खाजीनीति गर्दै जाँदा नातामा मामा पर्ने लक्ष्मेश्वर दासको डेराबाट शनिबार राति साढे ८ बजे सकुशल उद्दार गरेको छ।

प्रकाशित मिति: : 2021-02-21 17:26:00

प्रतिकृया दिनुहोस्