ब्लकबस्टर तेलुगु फिल्म ‘अर्जुन रेड्डी’ र हिन्दी रिमेक ‘कविर सिंह’को नेपाली भर्सन बन्दै, निर्माण पक्षले खुलायो अडिसन् 

Photo : Yuvafilms Facebook
Photo : Yuvafilms Facebook

पहिलो पटक एउटा दक्षिण भारतीय चलचित्रको अधिकार लिएर नेपाली भर्सन बन्ने भएको छ। 

सन् २०१९ मा ब्लकबस्टर बनेको दक्षिण भारतीय चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली भर्सन बन्ने भएको हो। तेलुगु चलचित्र ‘अर्जुन रेड्डी’को हिन्दी रिमेक‘कविर सिंह’ले पनि बक्स अफिसमा धुम मच्चाएको थियो। 

चलचित्रका लागि लिड कलाकारको खोजी भईरहेको निर्माणपक्षले जनाएको छ। फिल्मलाई विशाल सापकोटाले निर्देशन गर्दैछन्।

अर्जुन रेड्डीको निर्माण कम्पनी भद्रकाली पिक्चर्सको तर्फबाट निर्माता प्रणय रेड्डी र युवा फिल्मस् का तर्फबाट केशव खड्काले निर्माण संझौता गरेका थिए।

चलचित्रलाई केशव खड्का र आशिष श्रेष्ठले निर्माण गर्दैछन्।चलचित्रका लागि मुख्य नायक, नायिका र अन्य कलाकारको अडिसन लिईनेछ। 

प्रकाशित मिति: : 2021-02-21 17:47:00

प्रतिकृया दिनुहोस्