अश्‍लील भिडियोहरू बढी सेयर भएको भन्दै लाइभ भिडियो च्याट वेबसाइट ओमेगल विवादमा

भारतमा लाइभ भिडियो च्याट वेबसाइट ओमेगल (Omegle) विवादमा आएकाे छ।

बीबीसीले गरेको अनुसन्धानमा भारतीय बालबालिकाहरूले याे वेबसाइटमार्फत अपरिचित व्यक्तिहरूका माझ नाङ्गिने गरिएकाे पाइएपछि विवाद आएकाे हाे। यसका साथै अश्‍लील सामग्रीसँग सम्बन्धित भिडियोहरू सेयर गर्ने गरेकाे जनाइएकाे छ। 

कोविड १९ महामारीको बेला यो वेबसाइट अमेरिका, मेक्सिको, बेलायत र भारतमा धेरै लोकप्रिय भएको थियाे। ओमेगलमा कुनै पनि अपरिचित व्यक्तिसँग भर्चुअल भिडियो गर्न सकिनेछ। यसको प्रयाेगकर्ता भारतमा हजारौं छन्। 

टिकटकले बढी मात्रामा वयस्क भिडियाे आएकाे भन्दै ओमेगलका लिंकहरू सेयर गर्न प्रतिबन्ध लगाएको जनाएकाे छ।

बीबीसीका अनुसार यसका प्रयोगकर्ताहरूले वयस्क सामग्रीमा बढी मात्रामा अपलाेड गर्दै छन्। यस्तो अवस्थामा धेरै देशका स्कूल र कानूनका अधिकारीहरूले वेबसाइटको बारेमा चेतावनी जारी गरेका छन्।

कम्पनीका संस्थापक लीफ के-ब्रूक्सका अनुसार केही महिना यता याे वेबसाइटकाे प्रयाेगकर्ताहरु वृद्धि हुँदै गइरहेकाे छ।

उनका अनुसार प्रयोगकर्ताको उमेर १८ वर्ष भन्दा बढि हुनुपर्दछ। जबकि १३ देखि १८ वर्षका बालबालिका याे वेबसाइटमा बढी भेटिने गरेकाे छ। यसमा उमेर सहि भए- नभएकाे प्रमाणीकरण गर्ने कुनै सेवा छैन।

प्रकाशित मिति: : 2021-02-22 09:15:00

प्रतिकृया दिनुहोस्