लगानी कोष र फलेवास नपाबीच सम्झौता

Lokpath

नगरपालिकाभित्र असङ्गठित क्षेत्रका विपन्न मजदूरको रु ५०० योगदान तथा नगरपालिकाले थप गरेको सोही परिमाणको रकम गरी मासिक रु एक हजारका दरले जम्मा गर्ने गरी नागरिक लगानी कोष र फलेवास नगरपालिकाबीच सम्झौता भएको छ। 

सम्झौतामा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र नगरपालिकाका तर्फबाट नगरप्रमुख पद्यपाणि शर्माले हस्ताक्षर गरेका छन्। 

यस योजनामा सहभागी करीब ७०० असङ्गठित क्षेत्रका विपन्न मजदूरहरुले ६० वर्ष पुगेपश्चात मासिक रुपमा निवृत्तीभरण प्राप्त गर्ने वा साँवा, ब्याज तथा प्रतिफलसहित एकमुष्ठ रकम लिन सक्ने गरी सहभागिता गराइएको छ। यस निवृत्तीभरण योजनाको बंैकिङ सहयोगीको रुपमा एनआइसी एशिया बैंक रहेको छ। 

नगरपालिकाको यस कार्यक्रमलाई एनआइसी एशियाको कुस्मा शाखाबाट सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ। 

पहिलो चरणमा सहभागी भएका प्रत्येक सहभागीलाई सामाजिक उत्तरदायित्वअन्तर्गत कोषको तर्फबाट रु एक/एक सय उनीहरुको खातामा थप गर्ने कोषका कार्यकारी निर्देशक नेपालले बताए। रासस 

प्रकाशित मिति: : 2021-02-22 20:40:00

प्रतिकृया दिनुहोस्