‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
बिएल संवाददाता
नेकपा एमालेकी सांसद ईश्वरी जीएमले रोल्पाको अवस्था हेर्न इट्टाभट्टा र एयरपोर्टमा पुग्न आग्रह गरेकी छिन्।
बिहीबार प्रतिनिधि सभामा बोल्दै उनले रोल्पाको अवस्था सरकारले नदेखेको भन्दै इट्टाभट्टा र एयरपोर्टमा पुग्न आग्रह गरेकी हुन्।
दश वर्षे सशस्त्र युद्धमा रोल्पालीलाई प्रयोग गरेर केही व्यक्तिहरुले मात्र जीवन बनाएको आरोप लगाउँदै उनले रोल्पालीहरूको आर्थिक अवस्था अबदलिनै नसकेको बताइन्। उनले अगाडि भनिन्, ‘अहिले रोल्पालीहरू आफ्नो दैनिकी गुजारा कसरी गर्दै होलान भन्ने सरकारलाई लाग्छ भने सरकार रोल्पा पुग्नै पर्दैन, काठमाडौँ उपत्यकाका इट्टाभट्टामा गएर हेरिदिए पुग्छ। त्यही छन् हजारौँ रोल्पाली र त्यहि छन् रोल्पालीका वास्तविक दुःख, पीडा र यर्थाथता झल्किने तस्बिरहरू।’
जीएमले इट्टाभट्टाका तस्बिरले मात्रै रोल्पाको दुःख नदेखिए एयरपोर्टमा खाडी मुलुक जाने युवाको अवस्था हेर्न आग्रह गरिन्। उनले भनिन्, ‘एअरपोर्टबाट हरेक दिन करिब ४०—५० जना भन्दा बढी रोल्पाली युवा खाडी उडिरहेका छन्। अहिले हजारौं रोल्पाली युवा विदेशमा छन्। विभिन्न नाकाहरुबाट मजदुरीका रुपमा भारत जाने रोल्पाली युवाहरूको लर्को पनि उत्तिकै छ।’
सांसद जीएमले रोल्पामा ६० प्रतिशत भन्दा बदी शिक्षक दरबन्दि रिक्त रहेको बताइन्। अगाडि भनिन्– ‘छोराछोरीलाई गुणस्तरीय शिक्षा दिन हरेक अभिभावकले मजदुरी गर्दै स्कूलमा शैक्षिक कोष बनाएर विद्यालय चलाइरहेका छन्। रोल्पाका विद्यालय जनता र अभिभावकले चलाउने हो भने सरकारको के काम?’
यस्तै उनने दशवर्षे सशस्त्र द्वन्द्व अवधिभर सरकारले विनियोजन गरेका विकास बजेट रोल्पाको गाउँ बस्तीसम्म पुग्नै नसकेको र फ्रिज भएर सबै केन्द्रतिरै फर्किएको बताइन्। जीएमले भनिन्– ‘दशवर्षे द्वन्द्व अवधिभर रोल्पामा खर्च नभएर फ्रिज भइ केन्द्रमा आएका बजेटले रोल्पामा भएको क्षतिलाई पूर्ती हुने गरी सरकारले रोल्पालीहरूलाई प्रत्यक्ष रोजगारी मिल्ने गरी केही गौरबका आयोजनाहरू दिओस्।’
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया