आमाका लागि प्रार्थना गरिदिन राखीको आग्रह

बिग बोस–१४ को कन्टेस्टेन तथा टप ५ फाइनालिस्ट राखी सावन्त स्वदेश फर्किएकी छन् । 

राखीले १४ लाख रुपैयाँ लिएर कार्यक्रम छोड्ने निर्णय गरेका थिइन्। यसैगरी, १४ लाख रकम लिँदै गर्दा राखीले आमाको उपचारका लागि उक्त रकम खर्च गर्ने पनि बताइन्।

बिग बोसको घरबाट बाहिरिएपछि राखीले आमाको अवस्थाबारे सामाजिक सञ्जालमा जानकारी दिएकी थिइन्। उनकी आमा क्यान्सरबाट पीडित छिन् र उनको स्वास्थ्य सुधारका लागि प्रार्थना गर्न सबैलाई आग्रह गरेकी छिन्।

राखीले पनि धेरै पटक बिग बोसमा आफ्नी आमा अस्पतालमा रहेको र उनको केमोथेरापी चलिरहेको बताएकी थिइन्। राखी धेरै पटक भावुक पनि देखियो।

उनी अहिले सामाजिक सञ्जालमा निकै सक्रिय छिन्। साथै, उनले आफ्नी आमाको फोटो पोस्ट गरेर प्रार्थना गरेकी थिइन्। राखीले उक्त तस्वीरमा क्याप्सनमा लेखेकी थिइन्, मेरी आमालाई क्यान्सरको उपचार भइरहेको छ। कृपया उहाँको लागि प्रार्थना गरिदिनुहोस्।

राखीले राखेको तस्वीरमा उनको आमा अस्वास्थ्य देखिएकी छिन्।

प्रकाशित मिति: : 2021-02-24 11:48:00

प्रतिकृया दिनुहोस्