कारोनाविरुद्ध खोप लगाएका बेलायती राजकुमार अस्पताल भर्ना

एपी
एपी

कारोना भाइरसविरुद्ध खोप लगाएका बेलायती राजकुमार प्रिन्स फिलिप्स अस्पताल भर्ना भएका छन्।

राजनिवास बकिंघम प्यालेसले ड्युक अफ एडिनबरा प्रिन्स फिलिप्सलाई संक्रमण भएको जानकारी दिएको बीबीसीले जनाएको छ।

यद्यपी के को संक्रमण भनेर खुलाइएको छैन। तर कोरोनाको संक्रमण भने नभएको जनाइएको छ।

उनलाई गत १७ फेब्रुअरीदेखि लन्डनस्थित किंग एडवार्ड अस्पतालमा भर्ना गरिएको हो।

९९ वर्षका फिलिप्स महारानी एलिजावेथका श्रीमान हुन्। राजकुमार फिलिप्स र महारानी एलिजाबेथ दुवैले गत जनवरीमा कोरोनाविरद्धको खोप लगाएका थिए।

प्रकाशित मिति: : 2021-02-24 12:23:00

प्रतिकृया दिनुहोस्