
बिएल संवाददाता
इस्तानबुलका मेयर तथा विपक्षी नेता इकरम इमामोग्लुको गिरफ्तारीपछि देशभर विरोध प्रदर्शन जारी छ। मेयरको नजरबन्दको विरोधमा बिहीबार सयौं मानिसहरू सडकमा उत्रिएका थिए।
मेयरलाई टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको सबैभन्दा ठूला प्रतिद्वन्द्वी मानिन्छ। आलोचकहरूले यस्तो कदमलाई राजनीतिक रूपमा प्रेरित भएको आरोप लगाएका छन्।
प्रदर्शनकारीहरूले सडक, विश्वविद्यालय र मेट्रो स्टेसनहरूमा सरकारविरोधी नाराबाजी गरेका छन्। पक्राउ परेपछि, इस्तानबुल गभर्नरको कार्यालयले चार दिनका लागि सबै प्रकारका बैठक, प्रदर्शन र प्रेस विज्ञप्तिमा प्रतिबन्ध लगाएको छ भने इस्तानबुलका धेरै सडकहरू बन्द गरिएको छ।
२२ वर्षदेखि सत्तामा रहेका राष्ट्रपति रेसेप तैयप एर्दोगानविरुद्ध प्रदर्शनहरू चर्किदै गएका छन्। रिपब्लिकन पिपुल्स पार्टीले पक्राउलाई ‘देशको अर्को राष्ट्रपति विरुद्धको विद्रोह’को रूपमा लेबल लगाएको छ।
मार्च २३ मा हुने प्राथमिक चुनावमा इमामोग्लुलाई रिपब्लिकन पिपुल्स पार्टीको राष्ट्रपति पदको उम्मेदवारको रूपमा औपचारिक रूपमा छनोट गरिने अपेक्षा गरिएको छ। उनलाई रिहा गरिन्छ कि गरिँदैन भन्ने कुराले उम्मेदवारीको विषय पेचिलो बनेको छ।
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया